मंगलबार, भदौ ९, २०८३

लेखासमितिमा उपस्थित भएनन् स्वास्थमन्त्री

सार्वजनिक लेखा समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल उपस्थित भएनन् ।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

काठमाडौं– सार्वजनिक लेखा समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल उपस्थित भएनन्।

मंगलबार लेखा समितिले मेडिकल सामग्री खरिदमा ओम्नी समूहलाई दिएको ठेक्का प्रकरणबारे छलफलका लागि मन्त्री ढकाललाई डाकेको थियो।
मन्त्री ढकाल समितिमा नगएपछि समितिले ढकाल उपस्थित भएपछि उक्त प्रकरणमा छलफल गर्ने निर्णय गरी बैठक सकिएको समितिका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

मन्त्री ढकाल आउने भनी तय गरिएको समितिको बैठकमा उनी अनुपस्थित भएपछि सदस्यहरुले तयार पारेका प्रश्नहरु मन्त्रीका विज्ञ सल्लाकार खेम कार्कीलाई सोधेका थिए।

मंगलबार भएको छलफलमा समितिका सभापति भरत शाहले मन्त्री ढकालका विज्ञ सल्लाकार डा.खेम कार्कीलाई वार्ता समितिमा संयोजकको भूमिकामा बस्ने अधिकार कसरी मिल्यो? सादा कागजमा लेखिएको आर्थिक प्रस्तावलाई स्वीकार गर्न किन सल्लाह दिएको ? जस्ता प्रश्न गरेका थिए।

मंगलबार भएको समितिको बैठकमा पूर्वस्वास्थ्य सचिव यादव कोइराला र सल्लाहकार डा.कार्कीको मात्र उपस्थिति थियो ।

 

प्रकाशित: Jul 14, 2020| 18:05 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।