मंगलबार, भदौ ९, २०८३

‘विप्लव’ का पूर्वी सैन्य विभाग प्रमुख पक्राउ

प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पूर्वी कमान्ड सैन्य विभाग प्रमुख मोरङको उर्लाबारीबाट म‌ंगलबार पक्राउ परेका छन्।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

विराटनगर– प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पूर्वी कमान्ड सैन्य विभाग प्रमुख मोरङको उर्लाबारीबाट म‌ंगलबार पक्राउ परेका छन्।

उर्लाबारी नगरपालिका–३ घर भएका सैन्य विभाग प्रमुख ४० वर्षीय नन्दकिशोर भनिने नन्दबहादुर बोहरालाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।

घरबाट पक्राउ परेका बोहराको साथबाट एउटा कटुवा पेस्तोल, तीन राउन्ड गोली र सकेट बम बरामद भएको छ।

त्यस्तै बम बनाउन र विस्फोटमा प्रयोग गरिने सामग्री पनि बरामद भएको बताइएको छ। उनको साथबाट पूर्वलडाकु लेखिएको एक थान छाप, नेपाल टेलिकमको सातवटा सिम, एनसेलका दुईवटा सिम कार्ड, एउटा मोबाइल, कम्प्युटरको हार्डडिक्स, चारवटा डाटा केवुल बरामद भएको प्रहरीले जनाएको छ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङले चलाएको संयुक्त अप्रेसनका क्रममा बोहरा पक्राउ परेका हुन्।

मुलुकका विभिन्न ठाउँमा गरिएका विस्फोटका घटना र विध्वंसात्मक गतिविधीमा संलग्न रहेको आरोप लागेका उनीविरुद्ध थप अनुसन्धानपछि मात्रै कारबाही प्रक्रिया अघि बढाउने प्रहरीको भनाइ छ।

बोहरालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ लगिएको छ।

प्रकाशित: Jul 14, 2020| 17:53 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।