काठमाडौं- संसदीय विशेष छानबिन समितिले रुकुम पश्चिम घटनाको प्रतिवेदन प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटालाई बुझाएको छ।
जिल्लाको चौरजहारी नगरपालिकास्थित सोती घटनाको अध्ययन गर्न गठित समितिले मंगलबार दिउँसो सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगी प्रतिवदेन बुझाएको हो।
२०७७ जेठ २६ गते बसेको प्रतिनिधिसभा बैठकबाट रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो।
समितिलाई कार्यप्रारम्भ भएको मितिले एकमहिनाभित्र प्रतिवेदन तयार गरी सभामुखलाई बुझाउने जिम्मेवारी दिइएको थियो।
