मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनामुक्त भइसकेकालाई रक्तदान गर्न परिषद्‍को आग्रह

कोरोनामुक्त भइसकेकालाई रक्तदान गर्न परिषद्‍को आग्रह

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‍ले कोरोना संक्रमणमुक्त भएकाहरुलाई कन्भ्यालेसेन्ट प्लाज्मा थेरापीको लागि रक्तदान गर्न आग्रह गरेको छ।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‍ले कोरोना संक्रमणमुक्त भएकाहरुलाई कन्भ्यालेसेन्ट प्लाज्मा थेरापीको लागि रक्तदान गर्न आग्रह गरेको छ।

आईसीयुमा रहेका कोरोना संक्रमित बिरामीको शरीरमा एन्टिबडी उत्पादन हुन गाह्रो हुने भएकाले कोरोनामुक्त व्यक्तिको प्लाज्माको प्रयोग गर्न सकिने भएकाले कोरोनामुक्तलाई रक्तदान गर्न आग्रह गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणमुक्त भएकाको शरीरमा एन्टीबडी उत्पादन भइसक्ने हुनाले उनीहरुको प्लाज्मा अन्य सिकिस्त बिरामीलाई प्रयोग गर्न सकिने परिषद्का अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल बताउँछन्।

ईच्छुक रक्तदाताले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‍को फोन नं ०१–४२५४४२ मा फोन गर्न वा अनुसन्धान परिषद्‍को इमेल research.nhrc@gmail.com मा सम्पर्क गर्न सकिनेछ।

साथै रक्तदाताहरुले सरकारले तोकेका कोभिड अस्पतालहरुमा पनि सम्पर्क गर्नसक्ने नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ।

परिषद्‍का अनुसन्धान अधिकृत डा. मेघनाथ धितालका अनुसार कोरोना संक्रमणमुक्त भएको ३ महिनाभित्र प्लाज्मा रक्तदान गरेमा सिकिस्त बिरामीहरुको लागि उपचारमा सहयोग हुनेछ ।

कन्भ्यालेसेन्ट प्लाज्मा थेरापीमा कोरोनाबाट निको भएका व्यक्तिको प्लाज्मा संक्रमित व्यक्तिमा प्रयोग गरिनेछ। जसले गर्दा संक्रमित व्यक्तिको प्रतिरोधात्मक शक्तिले भाइरसलाई परास्त गर्न सक्ने अनुसन्धानकर्ताहरु बताउँछन्।

प्रकाशित: Jul 14, 2020| 17:30 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।