मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जन्म मिति सच्याएर जागिर खाएको अभियोगमा डीएसपी सिंहविरुद्ध मुद्दा दायर

जन्म मिति सच्याएर जागिर खाएको अभियोगमा डीएसपी सिंहविरुद्ध मुद्दा दायर

नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति सच्याएर जागिर खाएको अभियोगमा नेपाल प्रहरीका एक प्रहरी नायब उपरीक्षक (डीएसपी)विरुद्ध मुद्दा दायर भएको छ।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

काठमाडौं- नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्म मिति सच्याएर जागिर खाएको अभियोगमा नेपाल प्रहरीका एक प्रहरी नायब उपरीक्षक (डीएसपी)विरुद्ध मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीएसपी रमेशबहादुर सिंहविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। सिंहले प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्दा जन्म मिति सच्याएको खुलेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

कसरी सच्याइयो जन्म मिति?

सिंहले बझाङको चौघानपाटास्थित शान्ति माध्यमिक विद्यालयबाट २०४८ सालमा एसएलसी उत्तीर्ण गरेका थिए। एसएलसीको लब्धांकपत्रमा उनको जन्म मिति २०३२ माघ १२ गते थियो।

२०५८ मंसिरमा प्रहरी निरीक्षक भर्नाका लागि आवेदन खुल्यो। एसएससीको लब्धांकपत्र अनुसार सिंहको उमेर त्यसबेला २५ वर्ष ११ महिनाको पुगेको थियो। प्रहरी नियमावली अनुसार आवेदन खुलेको मितिमा २५ वर्ष ननाघेको व्यक्तिले मात्रै प्रहरी निरीक्षकका लागि आवेदन दिन मिल्ने व्यवस्था छ।

उमेरका कारण आवेदन दिन अयोग्य रहेका सिंहले विद्यालयले दिने एसएलसीको चारित्रिक प्रमाणपत्र नै नक्कली बनाएको स्रोतले बतायो।
उक्त चारित्रिक प्रमाणपत्रमा एक वर्ष उमेर घटाएर जन्ममिति २०३३ माघ १२ गते राखियो। स्रोतका अनुसार बझाङबाट जारी भएको नागरिकता प्रमाणपत्रमा समेत उनको जन्म मिति २०३२ माघ १२ गते नै थियो।

सिंहले सोही चारित्रिक प्रमाणपत्रको आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जन्म मिति २०३३ माघ १२ गते राखेर नागरिकताको प्रतिलिपि लगेको खुलेको छ।

सच्चाएको जन्म मितिकै आधारमा सिंहले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र नेपाल ल क्याम्पसबाट समेत शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि लगेको खुलेको छ।

सिंहले गुमराहमा राखेर प्रतिलिपि लिएको ती दुवै शैक्षिक संस्थाले जवाफ दिएको अख्तियारले जनाएको छ।

महानगरीय प्रहरी परिसर, ललितपुरमा प्रहरी निरीक्षकको रुपमा कार्यरत रहेको बेला सिंहविरुद्ध अख्तियारले मुद्दा नै दायर गरेको थियो।उनीसहितको टोलीविरुद्ध ‘रकम तिर्ने समय लम्ब्याई दिन्छु’ भन्दै घुस लिएको अभियोग लागेको थियो। 

अख्तियारले सिंह र प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीलाई तीन लाख र सई लालमणि पाण्डेबाट एक लाख ५० हजार रुपैयाँ घुससहित २०७२ फागुनमा पक्राउ गरेको थियो।

अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरे पनि अदालतबाट उनले सफाई पाएका थिए।

प्रकाशित: Jul 14, 2020| 17:21 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।