मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्माण व्यवसायीलाई ६ महिना थप समय दिने सरकारको निर्णय

निर्माण व्यवसायीलाई ६ महिना थप समय दिने सरकारको निर्णय

विकासे अड्डा र सम्बन्धित मन्त्रालयले सिफारिस गरे बमोजिम निर्माण व्यवसायीको लागि थप समय दिइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङले जानकारी दिए।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

काठमाडौं– सरकारले निर्माणाधीन आयोजना सम्पन्न गर्न निर्माण व्यवसायीलाई थप ६ महिना समय दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधिमा म्याद सकिएका र नियमित काम भइरहेका आयोजनाहरूलाई ६ महिना थप समय दिने निर्णय गरेको हो।

विकासे अड्डा र सम्बन्धित मन्त्रालयले सिफारिस गरे बमोजिम निर्माण व्यवसायीको लागि थप समय दिइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङले जानकारी दिए।

नेपाल समयसँग कुरा गर्दै उनले भने, “लकडाउनले गर्दा करिब तीन महिनादेखि काम ठप्प भएकोले निर्माण व्यवसायीलाई थप म्याद दिनुपर्ने अवस्था आयो।”

सार्वजनिक खरिद नियमावली संशोधन गर्दै यसअघि पनि बहुवर्षीय आयोजना निर्माण गरिरहेका निर्माण व्यवसायीलाई सहज हुने गरी एक वर्षको समय थप गरिएको थियो।

निर्माण व्यवसायी मात्रै नभएर नीतिगतलगायत अन्य प्राविधिक कारणले गर्दा पनि समयमै काम सम्पन्न गर्न कठिन हुने भएकोले म्याद थप गरिएको मन्त्री निम्बाङले बताए।

बहुवर्षीय र एक वर्षभित्र सम्पन्न गर्ने सबै खाले आयोजनाको निर्माण व्यवसायीले अब ‘वर्किङ सेडुअल’ बनाएर काम गर्नुपर्ने मन्त्री नेम्बाङको भनाइ छ। “हरेक हप्ता र महिना कामको मूल्यांकन हुन्छ,” उनले भने, “सेडुअल अनुसार काम नगर्ने निर्माण व्यवसायी स्वतः कारबाहीको भागिदार बन्छन्।”

थपिएको समयमा पनि काम नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने र कडा दण्ड जरिवाना गरिने नेम्बाङले बताए।

 

प्रकाशित: Jul 14, 2020| 17:10 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।