सुर्खेत- कर्णाली प्रदेशमा आज २७ जना कोरोना संक्रमित थपिएका छन्।
संक्रमितमध्ये सुर्खेतमा १४ जना, दैलेखमा ६ जना, जुम्लामा ५ जना तथा जाजरकोट, जुम्ला र काठमाडौंका १–१ जनामा कोरोना पुष्टि भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ६९० जना पुगेको छ।
पछिल्लो २४ घण्टामा परीक्षण गरिएकामध्ये सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा १७ जना, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना र दैलेख अस्पतालको प्रयोगशालामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका वडा नं. ८, १२, १–१ जना वडा नं. १० मा २ जना, भेरी गंगा नगरपालिका वडा नं. ४ मा ३ जना, वडा नं. ५ मा २ जना, वडा नं. ८, ११, १३ का १–१ जना, लेखबेशी नगरपालिका वडा नं. ३ र बराहताल गाउँपालिका वडा नं. ५ मा १–१ जना छन्।
जुम्लाको पातारासी गाउँपालिका वडा नं. ६, चन्द्रननाथ नगरपालिका वडा नं. १, ५, सिंजा गाउँपालिका वडा नं. ३, हिमा गाउँपालिका वडा नं. १, जाजरकोटको छेडागाड नगरपालिका वडा नं. ५ र काठमाडौं महानगरपालिका वडा नं. १६ का १–१ जना छन्।
दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. १, नारायण नगरपालिका वडा नं.. ४, दुल्लु नगरपालिका वडा नं. ३, वडा नं. ४ र वडा नं ८ १–१जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै आजै सुर्खेतको प्रदेश अस्पतालबाट ३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना, जिल्ला अस्पताल डोल्पाबाट २ जना र दैलेखको गुराँस गाउँपालिकाको आइसोलेसनबाट १ जना गरी ७ जना डिस्चार्ज भएका छन्।
कोरोना संक्रमण पुष्टिभएका मध्ये हालसम्म १ हजार ४६२ जना डिस्चार्ज भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
