मंगलबार, भदौ ९, २०८३

प्रदेश १ मा थप ३८ जना कोरोनामुक्त

प्रदेश १ मा मंगलबार थप ३८ जना कोरोनामुक्त भएका छन्।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

विराटनगर– प्रदेश १ मा मंगलबार थप ३८ जना कोरोनामुक्त भएका छन्। प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १९ जना डिस्चार्ज भएका छन्।

यस्तै, कोभिड १९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट १३ र पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पताल, गोठगाउँबाट ६ जना डिस्चार्ज भएकोे मन्त्रालयले जनाएको छ।

जिल्लागत आधारमा मोरङका १६, उदयपुरका १३, झापाका पाँच, सुनसरीका दुई र इलाम तथा पाँचथरका एक–एक जना कोरोनामुक्त भएका छन्। यससँगै प्रदेश १मा डिस्चार्ज हुनेको संख्या ६ सय ४२ पुगेको छ।

यस्तै, प्रदेश १ मा ६ जना कोरोना संक्रमित थपिएका छन्, जसमा धनकुटाका तीन र झापा, सुनसरी तथा तेह्रथुमका एक–एक जना छन्।

मन्त्रालयका अनुसार धनकुटाको छथर जोरपाटीमा दुई पुरुष, सहिदभूमिमा एक पुरुष, झापाको शिवसताक्षीमा एक महिला, सुनसरीको भोक्राहामा एक पुरुष र तेह्रथुमको म्याङलुङमा एक पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको छ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय ३६ पुगेको छ।

 

प्रकाशित: Jul 14, 2020| 16:43 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।