काठमाडौं - काठमाडौं उपत्यकामा मंगलबार कोरोना भाइरसका २ जना संक्रमित थपिएका छन्।
आज थपिनेमा काठमाडौंका २ जना छन्। भक्तपुर र ललितपुरमा भने कोरोना भाइरस संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार प्रदेश १ मा ९, प्रदेश २ मा ४४, वागमतीमा ७, गण्डकीमा ४ जना संक्रमित भएका छन्। यस्तै प्रदेश ५ मा २१ जना, कर्णालीमा ११ जना र सुदूरपश्चिममा २० जनामा कोरोना भाइरस संक्रमण भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।
