मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो, आज ११६ थप

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार नाघ्यो, आज ११६ थप

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७ हजार नाघेको छ।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७ हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रणमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या १७ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न २५ वटा प्रयोगशालामा ४ हजार ३६१ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

हाल देशका विभिन्न क्वारेन्टिनमा २४ हजार ७१६ जना रहेका छन्। त्यस्तै कोरोना संक्रमण भएर आइसोलेसनमा बसिरहेका व्यक्तिको संख्या ६ हजार ६९५ रहेको मन्त्रालयले जनाएको छ। याे संख्या नै नेपालमा काेराेनाकाे सक्रिय केस हाे।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जम्मा ३४ जना मात्रै कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। याे सहित हालसम्म १० हजार ३२८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार संक्रमितमध्ये हालसम्म ६०.५३ प्रतिशत निको भएर घर फर्किएका छन्।

प्रकाशित: Jul 14, 2020| 16:23 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।