मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोराना संक्रमणबाट तीन हजारभन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु

कोराना संक्रमणबाट तीन हजारभन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु

१९ कोरोना भाइरस संक्रमणबाट संसारभर कम्तीमा ३ हजार स्वास्थ्यकर्मीको ज्यान गएको छ।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

कोभिड–१९ कोरोना भाइरस संक्रमणबाट संसारभर कम्तीमा ३ हजार स्वास्थ्यकर्मीको ज्यान गएको छ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले सोमबार यस्तो तथ्यांक सार्वजनिक गरेको हो।

एमनेस्टीले कोरोना प्रतिकार्यमा खटिएका स्वास्थ्यकर्मीमा स्वास्थ्य सुरक्षासहित गिरफ्तारी र हिरासतदिख लिएर धम्की र निष्कासनसम्मका प्रतिशोध सामना गर्नुपरेको भन्दै चिन्ता व्यक्त गरेको छ।

“हामी सरकारहरूलाई स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीहरूको जीवनलाई गम्भीरताका साथ लिन आह्वान गर्दछौं। यो महामारीको खराब उत्कर्ष अझै नबेहोरेका देशले अन्य देशहरूको गल्ती दोहोर्याउन हुँदैन जसले स्वास्थ्यकर्मीको अधिकार संरक्षण गर्न नसकेका कारण विनाशकारी परिणाम भोग्नुपर्यो,” एम्नेस्टीको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी अनुसन्धानकर्ता र सल्लाहकार सनिता अम्बास्टले भनेकी छन्।

जीवन जोखिममा पार्न सक्ने अवस्थाबारे आवाज उठाउने स्वास्थ्यकर्मीलाई केही सरकारले त सजाय गरेको देखिनु चिन्ताजनक रहेको एमनेस्टीले जनाएको छ।

एम्नेस्टीका अनुसार स्वास्थ्यकर्मीको सबैभन्दा उच्च मृत्यु हुने देशमा अमेरिका (५०७), रसिया (५४५), बेलायत (२६२) सामाजिक सेवाकर्मीहरू सहित (५४०), ब्राजिल (३५१), मेक्सिको (२४८), इटली (१८८), इजिप्ट (१११) इरान (९१), इक्वेडर (८२) र स्पेन (६३) रहेका छन्।

एमनेस्टीले भनेको छ, ‘कम रिपोर्टङिका कारण यो सङ्ख्या वास्तविकभन्दा न्यून हुन पनि सक्छ।

६३ देशमा स्वास्थ्यकर्मीका लागि चाहिने व्यक्तिगत सुरक्षात्मक सामग्रीको अभाव रहेको एमनेस्टीले जनाएको छ। यिनमा भारत र ब्राजिल लगायत अफ्रिकाका थुप्रै देश छन्।

“राज्यहरूले आआफ्ना भूभागका स्वास्थ्यकर्मीले पर्याप्त सुरक्षात्मक सामग्रीहरू प्राप्त गरेको सुनिश्चित गर्नुपर्ने हुन्छ। यस्तो खाले व्यापार प्रतिबन्धले सुरक्षात्मक सामग्री आयातमा निर्भर देशहरूमा यस्ता सामग्रीको अभावलाई झन खराब बनाउने जोखिम हुन्छ,” अम्बास्टले भनिन्।

 

प्रकाशित: Jul 14, 2020| 16:16 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।