काठमाडौं- ज्योति पाण्डेले नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमूख कार्यकारी अधिकृतमा निरन्तरता पाएका छन्।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई निरन्तरता दिने निर्णय गरेको हो।
पाण्डेको कार्यकाल भोलि (असार मसान्त) मा सकिँदै थियो। नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार ६ महिना अगावै सिईओको नियुक्ति गरिसक्नु पर्छ तर हिमालयन बैंकसँग मर्जरको कुरा चलिरहेकोले सञ्चालक समितिले थपेको थिएन।
हिमालयन बैंकले मौद्रिक नीतिपछि मर्जरको बारेमा छलफल गर्ने भएपछि बाध्य भएर सञ्चालक समितिले पाण्डेको म्याद थपेको हो।
हिमालयन बैंकका पूर्व कर्मचारीसमेत रहेका पाण्डे ८ वर्षअघि सिइओको रुपमा नियुक्त भएका थिए।
