मंगलबार, भदौ ९, २०८३

कर्णालीका ७९ स्थानीय तहमा उद्धार कार्यदल

कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहमा उद्धार कार्यदल गठन गरिने भएको छ।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

सुर्खेत- कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहमा उद्धार कार्यदल गठन गरिने भएको छ। प्रदेश विपत् व्यवस्थापन समितिको बैठकले बाढीपहिरो, आगलागीजस्ता घटनामा उद्धारका लागि कार्यदल गठन गरेको हो।

कार्यदलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी, जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय युवा, स्वास्थ्यकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधि रहने छन्।

कार्यदलमा रहने सुरक्षाकर्मीलाई रबर बोट, लाइफ ज्याकेटलगायतका आवश्यक उपकरण उपलब्ध गराइनेछ। नेपाल प्रहरीको नेतृत्वमा गठन हुने कार्यदलले आवश्यक सामग्रीको व्यवस्था मिलाउने, विपद प्रभावित समुदायका लागि खाद्यान्न, लत्ताकपडा लगायतका वन्दोबस्तीका सामग्री व्यवस्थापन गरिने भएको छ।

यस्तै भौगोलिक बाढीपहिरोको उच्च जोखिम रहेको भन्दै यातायात पहुँच भएका क्षेत्रमा एम्बुलेन्स र दुर्गम क्षेत्रका लागि हेलिकप्टर तयारी अवस्थामा राख्न पनि राखिनेछ।

उद्धार र राहत वितरणका लागि कम्तीमा तीन महिना एउटा हेलिकप्टर तयारी अवस्थामा राख्ने आन्तरिक मामिला तथा कानुृन मन्त्रालयका निमित्त सचिव विनोदकुमार गौतमले जानकारी दिए। नदी किनार र बाढीपहिरोको उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिने निर्णय गरिएको छ।

बाढीपहिरोका कारण यातायात अवरुद्ध हुन नदिन मुख्य राजमार्ग स्काभेटर तयारी अवस्थामा राखिनेछ। सुर्खेत–दैलेख, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, रुकुम–जाजरकोट राजमार्गमा २० देखि ३० किलोमिटरभित्र स्काभेटर राखिनेछ।

प्रकाशित: Jul 14, 2020| 15:54 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।