मंगलबार, भदौ ९, २०८३

जुम्ला सदरमुकाममा निषेधाज्ञा

जुम्ला सदरमुकाम खलंगामा निषेधाज्ञा जारी गरिएको छ। सदरमुकामको मुख्य बजार क्षेत्रका केही व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको हो।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

सुर्खेत- जुम्ला सदरमुकाम खलंगामा निषेधाज्ञा जारी गरिएको छ। सदरमुकामको मुख्य बजार क्षेत्रका केही व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको हो।

समुदायमा कोरोना संक्रमण फैलिन नदिन आज दिउँसो ३ बजेदेखि अनिश्चितका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, जुम्लाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले विज्ञप्ति जारी गर्दै कोरोना भाइरस समुदायमा फैलिन नदिन चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँखु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदीको चार किल्ला क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको जनाएका छन्।

तोकिएको क्षेत्रभित्र स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण सार्वजनिक गतिविधि बन्द गर्न प्रशासनले आग्रह गरेको छ।

प्रकाशित: Jul 14, 2020| 15:50 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।