मंगलबार, भदौ ९, २०८३

सुदूरपश्चिममा थप ७ जनालाई कोरोना पुष्टि

सुदूरपश्चिममा थप सात जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

धनगढी- सुदूरपश्चिममा थप सात जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज (सोमबार) जारी गरेको विज्ञप्ति अनुसार कैलालीमा चार, कञ्चनपुरमा दुई र अछाममा एक जनालाई कोरोना परीक्षण रिपोर्ट पोजेटिभ देखिएको हो।

अस्पतालका अनुसार पछिल्लो २४ घन्टामा २८० नमुना परीक्षण गरिँदा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।

यससँगै धनगढीस्थित प्रयोगशालामा कोरोना पुष्टि भएकाको संख्या एक हजार ५८ पुगेको विज्ञप्तिमा उल्लेख छ। तीमध्ये ९७९ अन्यत्र स्थानको नमुना रहेको अस्पतालले जनाएको छ।

प्रकाशित: Jul 14, 2020| 15:40 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।