काठमाडौं- मेलम्ची खानेपानी आयोजनाको सुरुङमा बगेर इन्जिनियरसहित दुई जना बेपत्ता भएका छन्।
सुरुङमा बगेर इन्जिनियर सतिश गोइत र चालक राधाकृष्ण थापामगर बेपत्ता भएको सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए।
हेलम्बु गाउँपालिका–१ स्थित सुरुङमा पानी छाडेर परीक्षण गर्ने क्रममा चार जनालाई बगाएको महर्जनले बताए। बगेकामध्ये इन्जिनियर शेखर खनाल र एसिस्टेन्ट पेम्बादोर्जे लामाको जीवितै उद्धार गरिएको छ।
हाल मेलम्ची अस्पतालमा उपचार गरिरहेका घाइतेलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको महर्जनले जानकारी दिए।
सुरुङभित्रबाट बगेर नदीमा पुगेका उनीहरुको खोजीकार्य भइरहेको छ।
