शनिबार, असोज २४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • महासंघको वरिष्ठ उपाध्यक्षमा प्यानलसहित चन्द्र ढकालको उम्मेदवारी घोषणा

महासंघको वरिष्ठ उपाध्यक्षमा प्यानलसहित चन्द्र ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले उम्मेदवारी घोषणा गरेका छन्।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले उम्मेदवारी घोषणा गरेका छन्।

‘समृद्विको आधार राज्य–निजी क्षेत्र साझेदार’ मुल नाराका साथ महासंघको वरिष्ठ उपाध्यक्षमा मंगलबार प्यानलसहित ढकालले उम्मेदवारी घोषणा गरेका हुन्।

उनको प्यानलबाट जिल्ला–नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी घोषणा गरेका छन्।

महासंघको साउन २६ र २७ गते ५४औँ वार्षिक साधारण सभा हुँदैछ। विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको लागि स्वतः अध्यक्ष हुने प्रावधान छ।

प्रकाशित: Jul 14, 2020| 14:36 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्