मंगलबार, भदौ ९, २०८३

आजदेखि पुरानै भाडामा सुन्दर यातायात पनि चल्यो

नेपालमै पहिलो पटक विद्युतीय बस सुरु गरेको सुन्दर यातायातले आजदेखि काठमाडौं उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गरेकाे छ ।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

काठमाडौं- नेपालमै पहिलो पटक विद्युतीय बस सुरु गरेको सुन्दर यातायातले आजदेखि काठमाडौं उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गरेकाे छ । 

प्रालिले कोभिड–१९ को संक्रमण नेपालमा भित्रनु पहिलेदेखि नै यात्रुको ज्वरो परीक्षण गराउँदै आएको थियो।

सरकारले थप ५० प्रतिशत भाडा लिने निर्णय गरेकामा त्योसमेत नलिई बस सञ्चालन गरिएकाे सुन्दर यातायातकी प्रशासन प्रमुख सरिता योगीले बताइन्।

यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गरिने कम्पनीले जनाएको छ। चालक र सहचालकलाई पन्जा, स्यानिटाइजर, पीपीई, बुट र मास्कको व्यवस्था गरी बस सेवा सञ्चालन गर्ने पनि योजना छ।

गत बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले बिहीबारदेखि काठमाडौं उपत्यकामा उपत्यका भित्रै र अरू जिल्लामा जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेको थियो।

उपत्यकामा आइतबारसम्म ट्याक्सीबाहेक अरू सवारीसाधन सञ्चालन भएको थिएन। सोमबार मयूर, उपत्यका यातायातलगायतका केही कम्पनीले बस सञ्चालन थालिसकेका छन्।

प्रकाशित: Jul 14, 2020| 08:06 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।