मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय तथा प्रादेशिक पुरस्कार वितरण, कुन विधामा कसले पाए?

राष्ट्रिय तथा प्रादेशिक पुरस्कार वितरण, कुन विधामा कसले पाए?

सरकारले नेपाली साहित्यमा योगदान पुर्याएका स्रष्टालाई विभिन्न राष्ट्रिय तथा प्रादेशिक पुरस्कारबाट सम्मान गरेको छ।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

काठमाडौं- सरकारले नेपाली साहित्यमा योगदान पुर्याएका स्रष्टालाई विभिन्न राष्ट्रिय तथा प्रादेशिक पुरस्कारबाट सम्मान गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार विभिन्न स्रष्टालाई सम्मान गरेको हो।

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७६अन्तर्गत संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार बुद्धिनारायण श्रेष्ठ, प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश नं १ बाट भोजपुरका चन्द्रकुमार राई, प्रदेश नं २ बाट धनुषाका डा. रामसागर पण्डित, वाग्मती प्रदेशबाट ललितपुरका डा. गौतमवीर बज्राचार्य, गण्डकी प्रदेशबाट स्याङ्जाका प्रा. ज्ञानबहादुर कार्की, प्रदेश नं ५ बाट कपिलवस्तुका विक्रममणि त्रिपाठी, कर्णाली प्रदेशबाट जुम्लाका वासुदेव उपाध्याय, सुदूरपश्चिमबाट धनगढीका सुरतबहादुर शाह सम्मानित भएका छन्।

भाषासाहित्य विधातर्फ प्रा.डा. दयाराम श्रेष्ठले राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरेका छन्। प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश नं १ बाट खोटाङका सुरेश हाचेकाली, प्रदेश नं २ बाट बाराका नवराज रिजाल, वाग्मती प्रदेशबाट काभ्रेपलाञ्चोकका गोपी मैनाली, गण्डकी प्रदेशबाट कास्कीका तर्कना शर्मा, प्रदेश नं ५ बाट दाङका श्रीधर पौडेल, कर्णाली प्रदेशबाट जुम्लाका डा. ओमप्रकाश आचार्य र सुदूरपश्चिम प्रदेशबाट कैलालीका मिहीलाल उपाध्याय सम्मानित भएका छन्।

ललितकला विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार काठमाडौंका श्यामलाल श्रेष्ठले प्राप्त गरेका छन्। प्रादेशिक प्रतिभा पुरस्कार प्रदेश नं १ बाट सुनसरीका जीवनाथ पोखरेल, प्रदेश नं २ बाट धनुषाका सरितादेवी मण्डल, वाग्मती प्रदेशबाट ललितपुरका चन्द्रश्याम डंगोल, गण्डकी प्रदेशबाट स्याङ्जाका महेश आचार्य, प्रदेश नं ५ बाट गुल्मीका सुमित्रा राना, कर्णाली प्रदेशबाट कालीकोटका भीमबहादुर सिंह र सुदूरपश्चिम प्रदेशबाट डोटीका रवीन्द्रबहादुर चन्द सम्मानित भएका छन्।

संगीत तथा नाट्य विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार सिरहाका सत्यनारायण चौधरीले प्राप्त गरेका छन्। प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत प्रदेश नं १ बाट ताप्लेजुङका भरत गुरुङ, प्रदेश नं २ बाट महोत्तरीका हीराकुमारी दर्लामी, वाग्मती प्रदेशबाट रामेछापका केशर कालीकोटे, गण्डकी प्रदेशबाट तनहुँका मनकुमार श्रेष्ठ, प्रदेश नं ५ बाट पाल्पाका लक्ष्मी न्यौपाने, कर्णाली प्रदेशबाट कालिकोटका कृपाराम शर्मा धमला र सुदूरपश्चिम प्रदेशबाट बैतडीका मनोहरराम दमाईँ सम्मानित भएका छन् ।

यस्तै महाकवि देवकोटा पुरस्कार २०७६ बाट कविता विधाअन्तर्गत तेह्रथुमका मोहन सिटौला, निबन्ध विधातर्फ दाङका प्रा. केशव सुवेदी, गद्याख्यान नाटकतर्फ काठमाडौंकी पद्मावती सिंह, बाल साहित्यलोक साहित्यतर्फ दैलेखका डा. मधुसूदन गिरी र भाषासाहित्यतर्फ भक्तपुरका भैरव रिसाल सम्मानित भएका छन्।

गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट नाटक विधातर्फ तेह्रथुमका अभि सुवेदी र कविता विधातर्फ धादिङका प्रा. घनश्याम उपाध्याय कँडेल सम्मानित भएका छन्।

पुष्पलाल राष्ट्रिय पुरस्कार २०७६ तर्फ राजनीतिक र सैद्धान्तिक विधामा ललितपुरका स्नेहलता गुरुवाचार्य वन श्रेष्ठ, इतिहास विधातर्फ कपिलवस्तुका डा. माधवराज पन्थी सम्मानित भएका छन् भने साहित्य, संस्कृति र विज्ञानतर्फ काठमाडौंको राष्ट्रिय आविष्कार केन्द्रलाई सम्मानित गरिएको छ।

भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६ कातर्फ समाज सुधार अभियान विधामा जाजरकोटका नवराज विक (मरणोपरान्त), मानव अधिकारतर्फ तनहुँका त्रिभुवनचन्द्र वाग्ले र सीप कला, शिक्षा, साहित्य, लेखन तथा अनुसन्धानतर्फ बाँकेका तिलक परियार सम्मानित भएका छन्।

यी सबै पुरस्कारको राशि राष्ट्रिय तथा संस्थागततर्फ एक लाख र प्रादेशिकतर्फ ५० हजार रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jul 14, 2020| 07:23 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।