मंगलबार, भदौ ९, २०८३

अझै तीन दिन भारी वर्षा हुने, कहाँ कहाँ बाढीको जोखिम ?

मनसुन सक्रिय भएसँगै गत शुक्रबारदेखि परेको अविरल वर्षा अझै तीन दिनसम्म कायम रहने भएको छ ।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

काठमाडौं- मनसुन सक्रिय भएसँगै गत शुक्रबारदेखि परेको अविरल वर्षा अझै तीन दिनसम्म कायम रहने भएको छ ।

मंगलबार, बुधबार र बिहीबार पनि देशका अधिकांश भागमा सामान्यदेखि मध्यम वर्षा हुने भएको छ भने केहि स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज (मंगलबार) बिहानैदेखि काठमाडौं उपत्यकालगायत देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

दिउँसो र साँझ देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

बुधबार र बिहीबार पनि देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

कहाँ कहाँ आउँदै छ बाढी

बाढी पूर्वानुमान शाखाका अनुसार कोसी, नारायणी र तिनका सहायक नदीमा बहाव सतर्कता आसपास रहने छ । कर्णाली, महाकाली र तिनका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तर, सतर्कता तहभन्दा तलै हुने जनाइएको छ ।

कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई, तिनाउ र तिनका सहायक नदीमा बहाव केही घटबढ हुने । तर सबैमा सतर्कता आसपास हुने । कन्काई, कमला, बागमती र तिनका केही स–साना सहायक नदीमा खतरा तह आसपाससम्म पुग्न सक्ने बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

शाखाका अनुसार आज प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का मध्यपहाडी, तराई र चुरेका भू–भाग भई बहने स–साना नदीमा बहाव बढ्ने र केही स–साना नदीमा सतर्कता तह आसपाससम्म पुग्न सक्नेछ ।

यस्तै रुपन्देही र कपिलवस्तुमा लगातार भारी वर्षा भएकाले त्यस क्षेत्रका खोला तथा नदीमा पानीको बहाव बढ्ने भएकाले सतर्क हुन बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

प्रकाशित: Jul 14, 2020| 06:38 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।