मंगलबार, भदौ ९, २०८३

लमजुङमा पहिरो खस्दा पूरै गाउँ विस्थापित

लमजुङमा सोमबार पहिरालेका कारण पूरै बस्ती विस्थापित भएको छ ।
 |  मंगलबार, असार ३०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ३०, २०७७

लमजुङमा सोमबार दिनभर गएको पहिरालेका कारण पूरै बस्ती विस्थापित भएको छ ।

केही दिनदेखिको अविरल वर्षालेले सोमबार पहिरो जाँदा मध्यनेपाल नगरपालिकाका विभिन्न वडाका बस्तीका १०९ घर विस्थापित भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार सो नगरपालिकाको वडा नं. ६ रानीपानी गाउँका ३१, लामासोतीका २७, रातामातेका २१, भदौरेका ११, गुम्बाबेँसीका नौ घर विस्थापित भएका छन् ।

त्यस्तै, वडा नं. ३ सूर्यपालका पाँच, वडा नं. २ प्रजालुटारका तीन घर, वडा नं ४ चर्दीमा एक घर र वडा नं १ खवास गाउँमा एक घर विस्थापित भएको प्रहरी निरीक्षक पुनले जानकारी दिए ।

विस्थापित परिवारलाई प्रहरी र स्थानीयले मिलेर सुरक्षित स्थानमा राखेको छ ।

विस्थापितमध्येलाई इशानेश्वर माध्यमिक विद्यालय, आफन्तको घर र अन्यत्र सुरक्षित तरिकाले राखिएको छ ।

यस वर्षकै हालसम्म सबैभन्दा बढी घर विस्थापित सो नगरपालिकामा भएको प्रहरीको भनाइ छ। पहिराले मानविय क्षति भने हुन नपाएको प्रहरी निरीक्षक पुनले बताए ।

प्रकाशित: Jul 14, 2020| 06:09 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।