शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १०.०७ प्रतिशत ब्याज दिने

सनराइज बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा १०.०७ प्रतिशत ब्याज दिने

सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले यही असोज १ गते शुक्रबारदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं– सनराइज बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले यही असोज १ गते शुक्रबारदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो। 

बैंकले एक वर्षभन्दा बढी अवधिको लागि व्यक्तिगत मुद्दति निक्षेपमा १०.०७ प्रतिशत ब्याज दिने घोषणा गरेको छ। वाणिज्य बैंकहरूले मुद्दतिमा दिने यो ब्याज सबैभन्दा धेरै हो। संस्थागततर्फ पनि एक वर्षभन्दा बढी अवधिको लागि बैंकले १० प्रतिशत ब्याज दिने भएको छ। बैंकले मुद्दतिमा दिने न्यूनतम ब्याजदर नै ९.१० प्रतिशत छ।   

त्यस्तै बैंकले आफ्ना सबै बचत खातावालाहरूलाई स्वास्थ्य बिमा सुविधा प्रदान गर्दै आएको जनाएको छ। बैंकमा खाता भएका ग्राहकले एक लाखसम्मको स्वास्थ्य बिमा (चिकित्सा र ओपीडी खर्चसहित) र ५ लाखसम्मको आकस्मिक दुर्घटना बिमा पाउने बैंकले जनाएको छ।


प्रकाशित: Sep 17, 2021| 12:04 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्