मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लायन्स क्लबद्वारा २६ वटा अस्पतालका लागि २९ हजार ६०० थान भीटीएम किट हस्तान्तरण

लायन्स क्लबद्वारा २६ वटा अस्पतालका लागि २९ हजार ६०० थान भीटीएम किट हस्तान्तरण

लायन्स क्लबले कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्ने उद्देश्यले ४८ लाख ६० हजार रुपैयाँबराबरको २९ हजार ६०० थान भाइरस ट्रान्सपोर्ट मिडियम (भीटीएम) किट स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको छ।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

लायन्स क्लबले कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्ने उद्देश्यले ४८ लाख ६० हजार रुपैयाँबराबरको २९ हजार ६०० थान भाइरस ट्रान्सपोर्ट मिडियम (भीटीएम) किट स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको छ।

देशभरका २६ वटा अस्पतालका लागि आवश्यक भीटीएम किट मन्त्रालयबाट प्राप्त अस्पतालको लिस्टबमोजिम प्रदान गरिएको लायन्स क्लबले जनाएको छ। भीटीएम किट सबै स्थानमा पुगिसकेको र मंगलबार २६ वटै अस्पतालमा हस्तान्तरण भइसक्ने बताइएको छ।

डिस्ट्रिक्ट ३२५ ए–२ का गभर्नर प्रा.डा. सुशीला मल्लले आगामी दिनमा पनि कोभिड–१९ नियन्त्रणका लागि आवश्यकता अनुसार सरकारलाई सहयोग गर्दै जाने बताइन्। साथै बालबालिकामा हुने क्यान्सर, अन्धोपन, सामुदायिक स्कुलमा दिवा खाजा कार्यक्रम आदिमा पनि डिस्ट्रिक्ट ३२५ ए–२ को विशेष ध्यानाकर्षण हुने उनले जानकारी दिइन्।

यसअघि पनि लायन्स क्लबले गत वैशाख १४ गते ५७ लाख ४९ हजार २०० रुपैयाँको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

विशुद्ध मानवीय सेवाको लागि स्थापित लायन्स क्लब इन्टरनेशनल अन्तर्गतको लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ नेपाल अन्तर्गत नेपालमा १३ सयभन्दा बढी क्लब शाखा र त्यसमा आवद्ध ३३ हजारभन्दा बढी लायन सदस्यहरुले विभिन्न सामाजिक काम गरिरहेका छन्।

प्रकाशित: Jul 13, 2020| 21:47 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।