मंगलबार, भदौ ९, २०८३

अजोड इन्स्योरेन्सको आईपीओमा एक अर्ब ८१ करोडको आवेदन

अजोड इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) मा ६ गुणा बढी आवेदन परेको छ।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

काठमाडौं- अजोड इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) मा ६ गुणा बढी आवेदन परेको छ।

अन्तिम दिन सोमबार पाँच बजेसम्म ५ लाख ९१ हजार आवेदन परेकाे बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार एक करोड ८१ लाख ३ हजार ७५० कित्ताका लागि एक अर्ब ८१ करोड ३ लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो।
विभिन्न बैंकमा आईपीओ भर्नेहरुको पूर्ण विवरण भने आउन बाँकी छ।

कम्पनीले ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री बिहीबार खुला गरेको थियो।

आईपीओमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्ट्याइएको छ।

बाँकी २७ लाख ३० हजार कित्ता अर्थात् २७ लाख तीन लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई खुला गरिएको छ। आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब पुग्नेछ।

प्रकाशित: Jul 13, 2020| 19:00 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्