मंगलबार, भदौ ९, २०८३

भानु जयन्तीमा १३ स्रष्टा सम्मानित

प्रदेश १ सरकारले २ सय ७ औं भानु जयन्तीका अवसरमा १३ स्रष्टालाई सम्मानित गरेको छ।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

विराटनगर– प्रदेश १ सरकारले २ सय ७ औं भानु जयन्तीका अवसरमा १३ स्रष्टालाई सम्मानित गरेको छ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषासाहित्य कला सम्मानबाट १२ जना स्रष्टा सम्मानित भएका हुन्।

एक लाख राशिको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट इलामका स्रष्टा डा. नवलकिशोर राई सम्मानित भएका छन्। उनले सम्मानबापत प्राप्त गरेको रकममध्ये ५० हजार आरोहण गुरुकुल र ५० हजार रुपैयाँ कोरोना उपचार कोषलाई हस्तान्तरण गरे।

ललितकलातर्फ अनुराधा थापा (मोरङ), साहित्यतर्फ उमानाथ घिमिरे ‘सागर’(धनकुटा), कविराज पोखरेल (मोरङ) र मुनाराज शेर्मा (झापा) सम्मानित भएका छन्।

यस्तै पञ्चकुमारी परियार (खोटाङ), प्रेम ओझा (पाँचथर), शिवनारायण पण्डित ‘सिंगल’ (सुनसरी), साहित्य र कलातर्फ डीबी किराँती (सोलु) सम्मानित भए।

सम्मानित हुने अन्य स्रष्टामा रंगकलातर्फ कविता नेपाल (झापा), चलचित्रकर्मीतर्फ केशव रायमाझी (मोरङ), नृत्यकलातर्फ माया पौडेल (मोरङ), गीतसंगीततर्फ वीरध्वज शिवा (मोरङ) छन्।

स्रष्टाहरुलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, स्रष्टा मूल्यांकन सिफारिस कार्यदलका संयोजक प्राज्ञ खेम नेपालीले सम्मानित गरेका थिए।

उनीहरुलाई जनही ५०–५० हजार नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ। सामाजिक विकास मन्त्रालयले भाषा, साहित्य र कला क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टाहरुलाई गत वर्षदेखि सम्मान सुरु गरेको हो।

प्रकाशित: Jul 13, 2020| 18:00 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।