मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनमा ७२ जनाको हत्या, मानव अधिकार हनन्‌का ११ सयभन्दा बढी घटना

लकडाउनमा ७२ जनाको हत्या, मानव अधिकार हनन्‌का ११ सयभन्दा बढी घटना

नेपालमा लकडाउनको तीन महिनाको अवधिमा मानव अधिकार हनन्‌का १ हजार ११९ घटना भएका छन्।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

काठमाडौं- नेपालमा लकडाउनको तीन महिनाको अवधिमा मानव अधिकार हनन्‌का १ हजार ११९ घटना भएका छन्।

मानव अधिकारका क्षेत्रमा काम गर्दै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका अनुसार राज्य पक्ष तथा अन्य पक्षद्वारा विभिन्न प्रकारका मानव अधिकार हनन्‌का घटना भएका हुन्।

यो समयमा राज्य पक्षबाट ३ महिलासहित ६४ जना र अन्य पक्षबाट ८४१ महिलासहित १ हजार ५५ जना गरी १ हजार ११९ जना पीडित भएका छन्।

इन्सेकले ७७ वटै जिल्लाबाट गत असार १० गतेसम्म संकलन गरेको तथ्यांकअनुसार महिलामाथि भएका ज्यादतीका घटनामा ४७६ जना र बालबालिकामाथि भएका ज्यादतीका घटनामा २८४ जना पीडित भएका छन्।

त्यसैगरी यो अवधिमा ७२ जनाको हत्या भएको छ। यस्तै ११ जनालाई अमानवीय व्यवहार गरिएको, ५ जनालाई धम्की दिइएको, ११२ जना घाइते भएको, १०२ जनालाई कुटपिट गरिएको, ६ जनालाई अपहरण गरिएको र ३१ जनालाई गिरफ्तार गरिएको छ।

यस्तै दुई जनालाई प्रहरी हिरासतमा यातना दिइएको र जातीय विभेदका घटनामा १२ जना पीडित भएको इन्सेकले अभिलेख राखेको छ।लकडाउनको तीन महिनामा २५ जना स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएको छ।

हेर्नुहोस् इन्सेकको रिपोर्ट

 

प्रकाशित: Jul 13, 2020| 17:50 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।