मंगलबार, भदौ ९, २०८३

आइसोलेसनमा ६,६१३ जना, कुन प्रदेशमा कति ?

कोरोना भाइरसबाट संक्रमित ६ हजार ६१३ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

काठमाडौं– कोरोना भाइरसबाट संक्रमित ६ हजार ६१३ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।

कुल संक्रमित १६ हजार ९४५ मध्ये १० हजार २९४ जना भने कोरोना मुक्त भएका छन्।

आइसोलेसनमा रहेकामा प्रदेश १ मा १९३ जना, प्रदेश २ मा १,८७२ जना र बागमतीमा ४५८ जना छन्।

गण्डकीमा ४९८ जना, प्रदेश ५ मा ७२९ जना, कर्णालीमा ३६१ जना र सुदूरपश्चिम प्रदेशमा २,५१२ जना आइसोलेसनमा छन्।

महोत्तरी, रौतहट, कैलाली र बाजुरामा भने पाँच सयभन्दा बढी संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jul 13, 2020| 16:35 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।