काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७०५ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्। योहित नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १६ हजार ९४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बताए।
पछिल्लो २४ घण्टामा देशमा विभिन्न २५ वटामा प्रयोगशालामा ५ हजार ८५६ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएको छ।
मन्त्रालयका अनुसार हाल देशका विभिन्न क्वारेन्टिनमा २३ हजार ४७० जना छन्। त्यस्तै आइसोलेसनमा रहेका संक्रमितकाे संख्या ६ हजार ६१३ छ।
नेपालमा कुल संक्रमितकाे संख्या १६ हजार ९४५ पुगेकाे छ। यीमध्ये ६०.७ प्रतिशत अर्थात् १० हजार २९४ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकै दिनमा एक हजार ७०५ जना कोरोना मुक्त भएका छन्।
