मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा ४७ जना कोरोना संक्रमित थपिए, ४७ नै डिस्चार्ज

कर्णालीमा ४७ जना कोरोना संक्रमित थपिए, ४७ नै डिस्चार्ज

कर्णाली प्रदेशमा आज ४७ जना कोरोना संक्रमित थपिएका छन्। तीमध्ये सुर्खेतका ४१ जना, जाजरकोट र बाँकेका एक/एक जना, दैलेख र रुकुमपश्चिमाका दुई/दुई जना छन्।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा आज ४७ जना कोरोना संक्रमित थपिएका छन्। तीमध्ये सुर्खेतका ४१ जना, जाजरकोट र बाँकेका एक/एक जना, दैलेख र रुकुमपश्चिमाका दुई/दुई जना छन्।

कर्णाली प्रदेशको सामाजिका विकास मन्त्रालयका अनुसार प्रदेश प्रयोगशाला र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गरिएकामध्ये सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ मा दुई, वडा नम्बर ३ मा पाँच, वडा नम्बर ४ मा दुई, वडा नम्बर ५ मा एक, वडा नम्बर ६ मा तीन, वडा नम्बर ७ मा दुई, वडा नम्बर ८, १० र १३ मा एक/एक जना, वडा नम्बर १२ मा दुई जना छन्।

त्यस्तै, सिम्ता गाउँपालिका वडा नम्बर २ मा एक, वडा नम्बर ५ मा चार, वडा नम्बर ६ र ७ मा तीन/तीन जना, वडा नम्बर ८ मा ६ जना र वडा नम्बर ९ मा चार जना छन्।

त्यस्तै, जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ७, दैलेखको आठविस नगरपालिका वडा नम्बर ५ र नारायण नगरपालिका वडा नम्बर ९ मा एक/एक जना छन्।

त्यस्तै, रुकुमपश्चिमको चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशालामा परीक्षण गर्दा रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ जना दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। योसँग कर्णालीका कोरोना संक्रमितको संख्या एक जहार ६ सय ६३ जना पुगेको छ।

त्यस्तै, आज नै दैलेखको आठविसबाट एक जना, सल्यानको अस्पतालबाट ३४ जना, सुर्खेतको वीरेन्द्रनगर आइसोलेसनबाट १२ जना कुल ४७ जना डिस्चार्ज भएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

प्रकाशित: Jul 13, 2020| 15:01 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।