मंगलबार, भदौ ९, २०८३

एमसीसीबारे जसपा अझै अनिर्णीत

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे जनता समाजवादी पार्टी (जसपा) ले अझै केही निर्णय गर्न सकेको छैन।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

काठमाडौं– अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे जनता समाजवादी पार्टी (जसपा) ले अझै केही निर्णय गर्न सकेको छैन।
पार्टीले एमसीसी सम्झौताबारे आधिकारिक धारणा तय भइनसेको जानकारी दिएको हो।

केही सञ्चारमाध्यममा एमसीसीबारे जसपाको आधिकारिक धारणा भनी प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै जसपाले यस सम्बन्धमा कुनै निर्णय भइनसकेको स्पष्ट पारेको छ।

‘एमसीसी सम्बन्धमा पार्टीले निर्णय गरेको छैन। पार्टीका तर्फबाट कुनै आधिकारिक धारणा पनि सार्वजनिक गरिएको छैन’, अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीभित्र एमसीसीका सम्बन्धमा नीति तथा धारणा निर्माणका लागि आन्तरिक गृहकार्य र छलफल जारी नै रहेको अवस्था छ।’

अध्यक्षद्वयले पार्टीलाई नै बदनाम गराउने खालका गलत प्रचारको भ्रममा नपर्न आग्रह गरेका छन्।

प्रकाशित: Jul 13, 2020| 14:39 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।