मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्यानिटाइजर उत्पादनका लागि नयाँ अनुमति नदिन माग गर्दै व्यवसायीहरु धर्नामा

स्यानिटाइजर उत्पादनका लागि नयाँ अनुमति नदिन माग गर्दै व्यवसायीहरु धर्नामा

सरकारले ह्यान्ड स्यानिटाइजरको दर्ता अनुमतिका लागि ३ महिना थप गरेकोमा नेपाल औषधि उत्पादक संघले विरोध गरेको छ ।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

सरकारले ह्यान्ड स्यानिटाइजरको दर्ता अनुमतिका लागि ३ महिना थप गरेकोमा नेपाल औषधि उत्पादक संघले विरोध गरेको छ ।

यसको विरोधमा सोमबार औषधि व्यवस्था विभाग परिसरमा सोमबार औषधि उत्पादकहरु धर्ना नै बसे। संघले दर्ता मिति थप गर्ने निर्णय सच्याउन तीन दिनको अल्टिमेटम दिँदा पनि मन्त्रालयले बेवास्ता गरेपछि उनीहरु धर्ना बसेका हुन् ।

२०७६ चैत ९ गते औषधि व्यवस्था विभागले सूचना निकाली स्यानिटाइजर उत्पादन गर्न इच्छुक कम्पनीलाई ३ महिनाभित्र दर्ता प्रक्रियामा आउन सार्वजनिक सूचना जारी गरेको थियो।

तर तीन महिनाको अवधि सकिएपछि पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः असार २२ गते मन्त्रिस्तरीय निर्णय गरी तीन महिना थप गर्ने निर्णय गरेको थियो ।

तर संघले उक्त निर्णयमा असहमति जनाउँदै निर्णय फिर्ता गर्न ३ दिनको समय दिएर औषधि व्यवस्था विभागमार्फत् मन्त्रालयलाई पत्राचार गरेको थियो । ३ दिन सकिँदासमेत सरकारले कुनैपनि निर्णय नगरेको भन्दै उत्पादकहरु धर्नामा उत्रिएका हुन् ।

औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीका अनुसार हाल नेपालमा ४० वटा उद्योग औषधि व्यवस्था विभागमा दर्ता भएर उत्पादन भइरहेका छन् ।

महासचिव विप्लव अधिकारीले अहिले करिब ४० वटा स्वदेशी उद्योगले विभागमा दर्ता भई स्वदेशमा नै स्यानिटाइजर उत्पादन गरिरहेको र देशका लागि आत्मनिर्भर भइरहेको अवस्थामा म्याद थप गर्नु जरुरी नरहेको बताए । उनले भने, ‘४० वटा उद्योगबाट १२० प्रकारका गुणस्तरीय स्यानिटाइजर उत्पादन भइरहेको छ तर अब थप किन चाहियो ?’

अहिलेसम्म दर्ता नभएका र गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरी कारवाहीमा परेकाहरुलाई मौका दिन खोजिएको उत्पादक संघको आरोप छ । मापदण्डबिना, गुणस्तर र परीक्षण नगरिएका र दर्ता नभएका स्यानिटाइजर बिक्री हुँदा जनताको स्वास्थ्यमा असर गर्ने भन्दै उत्पादकहरुले विरोध गरेका हुन् ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले भने व्यवसायीले उठाएका मागका सम्बन्धमा आफूहरुको ध्यानाकर्षण भएको बताए पनि हालसम्म कुनै प्रतिक्रिया नआएको औषधि उत्पादक सघका अध्यक्ष जी नारायण क्षेत्रीले बताए । सरकारले दर्ता अनुमति निर्णय फिर्ता नलिएसमम्म आन्दोलन जारी रहने उनले जानकारी दिए।

प्रकाशित: Jul 13, 2020| 14:27 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।