मंगलबार, भदौ ९, २०८३

सुदूरपश्चिममा थप ११ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

धनगढी- सुदूरपश्चिममा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज (सोमबार) जारी गरेको प्रेस विज्ञप्ति अनुसार कैलालीमा १० र अछाममा एक जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।

पछिल्लो २४ घन्टामा २४३ जनामा गरिएको कोरोना परीक्षणमा उनीहरुलाई कोरोना भाइरस देखिएको विज्ञप्तिमा उल्लेख छ।

यससँगै सुदूरपश्चिमको धनगढीस्थित प्रयोगशालामा कोरोना पुष्टि भएको संख्या एक हजार ५१ पुगेको छ।

प्रकाशित: Jul 13, 2020| 14:23 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।