मंगलबार, भदौ ९, २०८३

रुपन्देहीमा भानुभक्तलाई सम्झिइयो

युवा कवि रामेश्वर सुवेदीले आदिकवि भानुभक्त आचार्यलाई सम्झिँदै शार्दूलविक्रीडित छन्दमा कविता लेखे । उनले भानुभक्तको छन्दमै परिचय दिँदै २०७ औ जयन्तिको अवसरमा शनिबार लेखेको कविता यस्तो छः
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

रम्घाको घर जन्मिए तनहुँमा आचार्य खान्दानमा
ती श्रीकृष्ण जिबा धनञ्जय पिता धर्मावती कोखमा
घाँसीको उपदेशले मन छुँदा सत्कार्यका खातिर
बाजे प्रेरक काव्यका लगिदिए साहित्य भाषातिर ।

युवा कवि रामेश्वर सुवेदीले आदिकवि भानुभक्त आचार्यलाई सम्झिँदै शार्दूलविक्रीडित छन्दमा कविता लेखे । उनले भानुभक्तको छन्दमै परिचय दिँदै २०७ औ जयन्तिको अवसरमा शनिबार लेखेको कविता यस्तो छः

पढ्ने औसर देशभित्र नहुँदा काशी पुगेरै पढे
बारम्बार प्रयत्नमा लगनले शास्त्रज्ञ बन्दै बढे
नेपाली अनुवादमा गहकिलो लेखेर रामायण
पारे चर्चित भानुले सुरसिलो गर्दै मिठो गायन ।।
माला भक्त रचे रचे सहजमै प्रश्नोत्तरी दर्शन
शिक्षामा छ वधू सशक्त महिला मोक्षार्थ आन्दोलन
मर्यादा पुरुषोत्तमै भजनमा त्यो रामगीता रचे
निष्ठा नैतिकता चरित्र गरिमा निर्माण गर्दै बचे ।।

विगतका वर्षमा भानु जयन्तिको अवसरमा देशैभर विशेष कार्यक्रम हुने गर्थ्यो । तर लकडाउनका कारण यस पटक भने औपचारिक कार्यक्रम हुन सकेनन् । साहित्यकारहरुले भर्चुअल संवाद गरेर भानु सम्बन्धी लेखिएका कविताहरु सामाजिक सञ्जालमा पोस्ट गरेर २०७ औं भानु जयन्ति मनाइरहेका छन् ।

रुपन्देहीमा सिद्धार्थ साहित्य परिषदको अगुवाईमा विशेष कार्यक्रम हुने गर्थ्यो । कोरोनाको कारण २०७ औ भानु जयन्ती भर्चुअल संवाद गरेर मनाईरहेको प्राज्ञ सभाका सदस्य प्रा.डा. कपिल लामिछानेले बताए ।

उनले भने, ‘बिहान भानु माविको प्रांगणमा रहेको भानुको प्रतिमामा माल्यार्पण गरियो । अहिले पनि पर्वत साहित्यिक संगमले सन्ञ्चालन गरेको भानु विषेश भर्चुअल संवादमा छु ।’

भानु जयन्ति यस पटक माल्यार्पण कार्यक्रम गरेर सामान्य रुपमा मनाइएको सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराईले बताए ।

 

प्रकाशित: Jul 13, 2020| 14:13 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।