मंगलबार, भदौ ९, २०८३

फेरि भित्रियो लाखौंको संख्यामा सलह, अझै थपिने खतरा

दशौँ लाखभन्दा धेरैको संख्यामा आइतबार दिउँसो भारतको उत्तर प्रदेश स्थित सितापुर तथा बहराइच क्षेत्र हुँदै सलह नेपाल प्रवेश गरेको हो।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

काठमाडाैं- पहिलो पटक आएको सलह आफै मासिएसँगै नेपालमा दोस्रो पटक सलहको झुण्ड प्रवेश गरेको छ ।

दशौँ लाखभन्दा धेरैको संख्यामा आइतबार दिउँसो भारतको उत्तर प्रदेश स्थित सितापुर तथा बहराइच क्षेत्र हुँदै सलह नेपाल प्रवेश गरेको हो।

सलहको झुण्ड अहिले दाङ क्षेत्रमा रहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आइतबार दिउँसो सलहको झुण्ड दाङको गढवा गाउँपालिका र राप्ति नगरपालिका क्षेत्रको आकाशमा देखिएका छन्।

सलहको यो झुण्ड प्यूठान अर्घाखाँची लगायतका जिल्लासम्म पुग्ने अनुमान गरिएको छ। बालीनाली खाएर नोक्सान गर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीमा रहन पनि केन्द्रले अनुरोध गरेको छ।

सलहको थप झुण्ड जुन सुकै बेला नेपाल प्रवेश गर्ने संभावना रहेको केन्द्रले जनाएको छ। यसअघि दुई साता अघि पनि सलहको ठूलो झुण्ड नेपाल प्रवेश गरेको थियो। तर, वातावरण प्रतिकूल हुँदा यसअघि प्रवेश गरेको सलह केही भागेका थिए भने केही आफैँ मरेर सकिएका थिए।

प्रकाशित: Jul 13, 2020| 08:04 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।