शनिबार, असोज १७, २०८३

सनराइज बैंकका दुई शाखारहित बैंकिङ सेवा विस्तार

सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

काठमाडौं– सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ। सोही क्रममा साउन ३२ गते सोमबार बैंकले प्रदेश २ सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १५ सोकनाह बजारमा ८८ औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको थियो। 

साथै भदौ १३ गते आइतबार बैंकले प्रदेश १ सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. २ तित्रिवनमा ८९ औं शाखारहित बंैकिङ सेवा शुभारम्भ गरेको छ। उक्त शाखारहित बैंकिङ सेवाहरु सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८९ पुगेको छ। बैंकले सेवा सञ्चालनका लागि सोकनाह बजारका जितेन्द्र कुमार साह र तित्रिवनकी स्थानीय व्यवसायी रमिता चौधरीलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ। 

सो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ। बैंकका हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटिएम र ८९ वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ। 

प्रकाशित: Sep 17, 2021| 11:28 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्