सोमबार, वैशाख २८, २०८३

१०४ वर्षीया वृद्धाले घरमै बसेर जितिन् कोरोना

बेलायतको केन्टमा १०४ वर्षीया एक वृद्धाले कोरोना जितेकी छन्। उनले अस्पतालसमेत नगई घरमै बसेर कोरोना जितेकी हुन्।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

बेलायतको केन्टमा १०४ वर्षीया एक वृद्धाले कोरोना जितेकी छन्। उनले अस्पतालसमेत नगई घरमै बसेर कोरोना जितेकी हुन्।

National life

पछिल्लो ३ सातादेखि उनी आफ्नो विछ्यौनाबाट उठ्न समेत सकेकी थिइनन् भने उनलाई सास फेर्नसमेत गाह्रो भइरहेको थियो।

यस्तो अवस्थामा पनि उनी अस्पताल जान मानिनन्। परिवारका सदस्यका अनुसार उनले आफ्नो जीवनको धेरैजसो समय बिरामीको सेवामा नै खर्च गरेकी छन्। उनको जीवन संघर्ष पनि निकै चुनौतीपूर्ण छ।

ग्रेसको जन्म बर्मामा भएको थियो। उनले भारतमा नर्सको रुपमा काम गरिन्। त्यसपछि लामो समुद्र यात्रा पार गरेर १९४६ मा बेलायत पुगेकी हुन्।

लण्डनमा मेकअप आर्टिस्टको रुपमा काम गरिरहेकी ग्रेसकी नातिनी क्रिस्टल अपोलोनिया भन्छिन्, ‘डाक्टरले कोरोना संक्रमण भएको जानकारी दिँदा पनि उहाँलाई केही फरक परेन। उहाँको इच्छाशक्ति एकदमै बलियो छ। उहाँले आफ्नो दैनिक अभ्यास पनि जारी राख्नुभयो। अन्ततः घरमै बसेर कोरोनालाई जित्नुभयो।’

 

प्रकाशित: Jul 13, 2020| 06:22 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।