मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नक्कली जग्गाधनी खडा गरी विक्रि गर्ने सहसचिवसहित १३ जनाविरुद्ध मुद्दा

नक्कली जग्गाधनी खडा गरी विक्रि गर्ने सहसचिवसहित १३ जनाविरुद्ध मुद्दा

सरकारी जग्गा नक्कली जग्गा धनी खडा गरी विक्रि गर्ने कार्यमा संलग्न सहसचिवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

काठमाडौं- सरकारी जग्गा नक्कली जग्गा धनी खडा गरी विक्रि गर्ने कार्यमा संलग्न सहसचिवसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

भूमि सुधार कार्यालय नवलपरासीका तत्कालीन प्रमुख मालपोत अधिकृत (हाल सह–सचिव) टिकाराम ज्ञवालीसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच करोड पाँच लाख ४२ हजार बिगो कामय गर्दै आइतबार मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार नवलपरासी साबिक सनई गाविस–८ मा हदबन्दी रोक्का रहेको ३२ बिघाह दुई कट्ठा १७ धुर जग्गा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको खुलेको छ।

भारतमा बसोवास गर्ने र भारतमै मृत्यु भएका व्यक्तिलाई नेपालमै बसोवास गर्ने र नेपालको मृत्यु भएको भनी नाता प्रमाणित, मृत्यु दर्ता प्रमाणपत्र लगायतका नक्कली कागजातहरु बनाई सम्बन्धित हकवाला व्यक्ति नै फरक पारेको अख्तियारले जनाएको छ।

नक्कली कागजात तयार पार्नमा भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार संलग्न रहेको खुलेको छ। उनीहरुले कानूनविपरीत तीन परिवार संख्या कायम गरी मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृत र स्थानीय निकायसमेत प्रलोभनमा पारेर जग्गा बिक्रि गरेको खुलेको छ।

अख्तियारले उक्त मुद्दामा तत्कालीन मालपोत अधिकृत मनोहर प्रसाद पन्थि, तत्कालीन नायब सुब्बा बुद्दिसागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालीन गा.वि.स.सचिव नन्दलाल दास, बुद्धिसागर सुवेदी, नन्दलाल कुम्हाल कोहार, तत्कालीन कम्प्युटर अपरेटर सुवास खड्का, तत्कालीन खरिदार नेत्रबहादुर चौधरी, खरिदार अमृतकुमार काम्मु मगर, खगेन्द्र पराजुली, रविकुमार खत्री विपक्षी बनाएको छ।

प्रकाशित: Jul 12, 2020| 20:18 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।