शनिबार, वैशाख ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • एउटै घटना कसरी सर्पलाई वरदान र डायनोसरलाई श्राप बन्यो?

एउटै घटना कसरी सर्पलाई वरदान र डायनोसरलाई श्राप बन्यो?

पृथ्वीमा सर्पको संख्या बढ्नुमा एस्टेरोयड अर्थात् क्षुद्र ग्रहको पनि भूमिका छ। एक अध्ययनका अनुसार एस्टेरोयड धरतीसँग ठोक्किँदा सर्पलाई फाइदा पुगेको र डायनासोर खत्तम भएको देखिन्छ।
 |  शुक्रबार, असोज १, २०७८
nespernesper

बीबीसी

बीबीसी

शुक्रबार, असोज १, २०७८

vianetvianet

पृथ्वीमा सर्पको संख्या बढ्नुमा एस्टेरोयड अर्थात् क्षुद्र ग्रहको पनि भूमिका छ। एक अध्ययनका अनुसार एस्टेरोयड धरतीसँग ठोक्किँदा सर्पलाई फाइदा पुगेको र डायनासोर खत्तम भएको देखिन्छ।

triton college

यसको असर धरतीमा रहेका ठूला चिजमा परेको थियो। पृथ्वीमा रहेका ठूला जनावर र रुखमा यसको असर परेको देखिन्छ।वैज्ञानिकहरुका अनुसार यस व्यापक विनाशपछि विश्वमा सर्पका केही प्रजाति बचेका थिए। उनीहरू पृथ्वीभित्र गएर लुके र लामो समयसम्म आहार बिनै बाँच्न सफल भए। त्यसैले उनीहरूको अस्तित्व आज पृथ्वीमा छ।

डायनासोर खत्तम भइसकेपछि विश्वमा सर्प फैलिए। अहिले विश्वमा तीन हजारभन्दा बढी सर्पका प्रजाति छन् । यो कुरा ६० लाख वर्ष पहिलेको हो, जब पृथ्वीमा एस्टेरोयड टकराएको थियो। त्यसपछि डायनाशोर युगको अन्त्य हुन पुगेको थियो।

वैज्ञानिकहरुका अनुसार पृथ्वीसँग एस्टेरोयड ठोक्किएपछि भूकम्प, सुनामी, जंगलमा डढेलो लाग्नु जस्ता प्राकृतिक विपत्ति आएका थिए। त्यसको असरले पृथ्वीमा परेर  दशकसम्म पनि सूर्यको किरण पर्न सकेन।

वैज्ञानिकका अनुसार उक्त घटनापछि ७६ प्रजातिका जनावर तथा रुखको वंश नास भएको थियो। तर, सर्प, केही स्तनधारी जीव, पन्छी र माछाहरू आफूलाई बचाउन सफल भएका थिए।

National life insurance

युनिभर्सिटी अफ बाथका शोधकर्ताको टिमले यस अध्ययनमा काम गरेको थियो। रिसर्च टिमका लिडर डा. क्यारीन क्लिन भन्छन्, ‘जब धर्तीमा आहार श्रृंखलाको चक्र टुट्यो, त्यो समयमा सर्पको नै विकास भएको पाइन्छ। सर्पलाई फेरिँदो पर्यावरणमा आफूलाई अभ्यस्त गर्न समय नै लागेन।’

सर्प केही नखार्इ एक वर्षसम्म बाँच्न सक्छ। एस्टेरोयड पृथ्वीसँग ठोक्किँदा सर्पको यही गुणले नै काम गरेको थियो। नेचर कम्युनिकेशनमा प्रकाशित रिसर्च रिपोर्टका अनुसार समय बित्दै गर्दा सर्पको आकार बढ्दै गयो र उनीहरूले आफ्नो दायरा बढाउँदै गए।

ठूला सामुन्द्रिक सर्प पनि छन्, जसको लम्बाइ १० मिटरसम्म हुने गर्छ। आज दुनियाँमा सर्पका थुप्रै प्रजाति छन्। कोही रुखमा रहन्छन्, कोही समुन्द्रमा। विषालु सर्प पनि छन्। अजिंगर जस्ता सर्प पनि छन्, जसमा विष हुँदैन। करोडौं वर्ष पहिले भएको उक्त घटनापछि यी सर्प अस्तित्वमा आएका हुन्।

प्रकाशित: Sep 17, 2021| 10:44 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।