मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मृत्यु भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता सचिवको खल्तीमा

मृत्यु भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता सचिवको खल्तीमा

तेह्रथुमका एक तत्कालीन गाविस सचिवले मृत्यु भैसकेका व्यक्तिको नाममा आफैँले सामाजिक सुरक्षा भत्ता बुझेर हिनामिना गरेको खुलेको छ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

काठमाडौं- तेह्रथुमका एक तत्कालीन गाविस सचिवले मृत्यु भैसकेका व्यक्तिको नाममा आफैँले सामाजिक सुरक्षा भत्ता बुझेर हिनामिना गरेको खुलेको छ।

तत्कालीन थोक्लुङ्ग गाविसका सचिव डम्बर कुमार गड्तौलाले मृत्यु भएका र हुँदै नभएका व्यक्तिको नामको सामाजिक सुरक्षा भत्ताबापतको १ लाख १८ हजार रुपैयाँ हिनामिना गरेको खुलेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा सचिव गड्तौलाले आर्थिक वर्ष २०६९/७० र ०७०/७१ मा हुँदै नभएका, मृत्यु भैसकेका र एकै व्यक्तिको नाममा दोहोरा तेहोरो गरी सामाजिक सुरक्षा भत्ता बुझेको खुलेको हो।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले सामाजिक सुरक्षा भत्ता बापतको रकम हिनामिना गरेको अभियोगमा गड्तौलाविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरिएको जानकारी दिए।

प्रकाशित: Jul 12, 2020| 17:51 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।