परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना भाइरस संक्रमणको जोखिम उच्च नै रहेको भन्दै ढुक्क नबस्न आग्रह गरेका छन्।
कुल संक्रमितमध्ये ५१.१ प्रतिशत संक्रमणमुक्त हुँदा आशा जागेको भन्दै उनले सतर्क भने रहन आग्रह गरेका छन्।
'दैनिक संक्रमितको संख्याभन्दा डिस्चार्ज हुनेको संख्या बढ्दै जाँदा (आजको नयाँ संक्रमण ८२ र डिस्चार्ज १४७) र कुल संक्रमितको ५१.१ प्रतिशत (कुल संक्रमित १६,८०१ मध्ये ८,५८९) कोरोना मुक्त हुँदा महामारीविरुध्दको हाम्रो लडाइँमा आशा जागेको छ। तर, उच्च जोखिम कायमै छ। सतर्क रहौँ, ढुक्क नबसौँ,' उनले ट्विट गरेका छन्।
