काठमाडौं– करिब एक महिनाको अवधिमा नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत १० हजार ९१२ नेपाली स्वदेश फर्किएका छन्।
३२ जेठदेखि आज, २८ असारसम्म एयरलाइन्सले विभिन्न गन्तव्यमा ५८ उडान गरेको छ।
यो अवधिमा दुबई, दोहा, क्वाललम्पुर, सिड्नी, ब्रिसबेन, नारिता, बैंकक, हङकङ, बहराइन, कुबेत, रियाद, जेद्दा, माले, ढाकालगायत गन्तव्यमा चार्टर उडान गरेको एयरलाइन्सले जनाएको छ।
यसअघि एयरलाइन्सले चीनको ग्वाङझाओ, चाङ्सा, कुनमिङ र बेइजिङबाट कार्गो चार्टर उडानमार्फत स्वास्थ्य सामग्री ढुवानी गरेको थियो।
