मंगलबार, भदौ ९, २०८३

पार्टी र संसदविरुद्ध अदालत गइन् गिरी

 समाजवादी पार्टी र संसद सदस्यबाट निष्कासित सरिता गिरीले आफ्नो अधिकार खोसेको भन्दै आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

काठमाडौं- समाजवादी पार्टी र संसद सदस्यबाट निष्कासित सरिता गिरीले आफ्नो अधिकार खोसेको भन्दै आइतबार
सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।

पार्टीको केन्द्रीय समितिले गर्नुपर्ने निर्णय केन्द्रीय कार्यकारिणी कमिटीले गरेर अधिकार खोसेको दाबी उनको छ।

गिरीले प्रतिनिधिसभा, संसद सचिवालय, निर्वाचन आयोग, तत्कालीन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टीको नेतृत्वलाई विपक्षी बनार रिट दाय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

उनका अनुसार मंगलबारका लागि पेसी तोकिएको छ।

समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीको निर्णयअनुसार गिरी प्रतिनिधिसभा सदस्य पदबाट असार २५ गते निष्कासित भएकी थिइन्।

उनलाई पार्टीको ह्विप उल्लंघन गरेको आरोपमा समाजवादी पार्टीले सांसद र दलको सदस्यबाट निष्कासित गरेको थियो।

संविधान संशोधन विधेयकको विरोधमा लागेपछि पार्टीले छानबिन समिति गठन गरेर गिरीमाथि कारबाही गरेको थियो।

प्रकाशित: Jul 12, 2020| 17:15 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।