काठमाडौं- संरक्षित वन्यजन्तु भालुको पित्तसहित प्रहरीले काठमाडौंको चन्द्रागिरीबाट दुई जनालाई पक्राउ गरेको छ।
पित्तको कारोबार भइरहेको सूचनाको आधारमा नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले चन्द्रागिरी नगरपालिका–८ कल्याणपुर साउनेपानीबाट दुई जनालाई पक्राउ गरेको हो।
महाशाखाका अनुसार उक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका–१ का २७ वर्षीय हरिबहादुर मोक्तान र सोही ठाउँका रामबहादुर लामा छन्।
२० लाख रुपैयाँमा विक्री गर्न भनि हिँडिरहेको अवस्थामा उक्राउ गरी आवश्यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको महाशाखाका एसपी ईश्वरबहादुर कार्कीले जानकारी दिए।
