मंगलबार, भदौ ९, २०८३

पाँच किलो लागूऔषध अफिमसहित मोटरसाइकल बरामद

पाँच किलोग्राम आगूऔषध अफिमसहित मकवानपुर प्रहरीले एउटा मोटरसाइकल बरामद गरेको छ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

काठमाडौं- पाँच किलोग्राम आगूऔषध अफिमसहित मकवानपुर प्रहरीले एउटा मोटरसाइकल बरामद गरेको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौडा उपमहानगरपालिका–१९ नेवारपानीबाट नियमित सवारी चेक जाँचका क्रममा मोटरसाइकलसहित अफिम बरामद गरेको प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले सवारी चेकजाँच देखेर चालक झोला र मोटरसाइकल छोडी जंगलतर्फ भागेको जानकारी दिए।

ना४३प ५७८४ नम्बरको उक्त मोटरसाइकलका चालकको खोजी भइरहेको राठौले बताए। प्रहरीले हालसम्म बरामद गरेको अफिममध्ये यो हालसम्मकै बढी रहेको राठौरले दाबी गरे।

लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम १५ वर्षदेखि जन्मकैद तथा पाँच लाखदेखि २५ लाखसम्म जरिवानाको व्यवस्था छ।

प्रकाशित: Jul 12, 2020| 17:02 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।