मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नयाँ पेट्रोल पम्पका लागि सबैभन्दा बढी आवेदन काठमाडौं उपत्यकाबाट, १०२५ आवेदन खारेज

नयाँ पेट्रोल पम्पका लागि सबैभन्दा बढी आवेदन काठमाडौं उपत्यकाबाट, १०२५ आवेदन खारेज

नेपाल आयल निगमले पेट्रोल पम्प खोल्नका लागि परेका १ हजार २५ वटा आवेदन रद्द गरेको छ ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

नेपाल आयल निगमले पेट्रोल पम्प खोल्नका लागि परेका १ हजार २५ वटा आवेदन रद्द गरेको छ ।

मापदण्ड नपुगेको भनेर निगमले ती निवेदन खारेज गरेको हो। नयाँ पेट्रोल पम्प जनसंख्या, भूगोल, सवारीसाधनको संख्या एवं सड़क घनत्वका आधारमा दिने निगमको नीति छ।

ती निवेदन सबैभन्दा बढी काठमाडौं उपत्यकाबाट आएको र पेट्रोल पम्प भइरहेको स्थानबाट आएकोले तथा निगमसँग पर्याप्त प्राविधिक जनशक्ति नभएकोले थप पम्पहरुलाई बिक्रीका लागि अनुमति दिँदा समस्या पर्ने भन्दै निवेदन रद्द गरेको निगमले जनाएको छ ।

प्राप्त आवेदनहरु रद्द भएसँगै निगमको सम्बन्धित कार्यालयमा सम्पर्क गरी जम्मा गरेको निवेदन शुल्क आवश्यक प्रक्रिया पुर्याएर फिर्ता लैजान समेत आग्रह गरिएको निगमद्वारा आइतबार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

निगमको नाफा ११ अर्ब

सधैं घाटामा रहने नेपाल आयल निगमले विगत पाँच वर्षयता ५२ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आर्थिक वर्षमा भने करिब ११ अर्ब रुपैयाँ नाफा कमाएको जनाएको छ ।

निगमले आइतबार पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्षमा १० अर्ब ८६ करोड रुपैयाँ नाफा कमाएको बताएको हो । निगमले गत वर्ष ८ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको थियो । चालु आर्थिक वर्ष सकिन अझै केही दिन बाँकी भएकाले नाफा ११ अर्ब रुपैयाँ पुग्ने निगमको अनुमान छ ।
नेपालमा स्वचालित मूल्य प्रणाली अवलम्बन गरेपछि भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपालमा पनि बढ्ने हुँदा निगमले घाटा व्यहोर्नुपरेको छैन । विगतमा भारतमा पेट्रोलियमको मूल्य बढेपनि सवैतिर मूल्यवृद्धिको विरोध हुने र आफ्नो सरकार अलोकप्रिय हुने भन्दै राजनीतिक नेतृत्व मूल्य बढाउन नमान्दा निगम घाटामा जाने गरेको थियो ।

विश्वभर पेट्रोलको भाउमा कमी आएपनि नेपाल आयल निगमले भने पेट्रोलको भाउ भटाएको थिएन । मूल्यवृद्धि हुँदा स्वचालित मूल्य भन्दै पेट्रोलियम पदार्थको मूल्य बढाउने गरेपनि विश्व बजारमा ५० प्रतिशत भन्दा बढीले मूल्य घट्दा पनि निगमले भने मूल्य घटाएको थिएन । मूल्य नघटाउँदा भएको नाफाका कारण नै निगमको नाफामा वृद्धि भएको हो ।

प्रकाशित: Jul 12, 2020| 16:40 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्