काठमाडौं उपत्यकामा आज (आइतबार) ६ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा ५ जना र ललितपुरान एक जना संक्रमित थपिएका हुन्। आज भक्तपुरमा भने एक जना पनि संक्रमित थपिएनन्।
देशभरका प्रयोगशालामा भएको पीसीआर परीक्षणमा आज ८२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।
यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउडका प्रख्यात अभिनेता अमिताभ बच्चन परिवारको स्वास्थ्य लाभको कामना गरेका छन्।
