मंगलबार, भदौ ९, २०८३

२४ घण्टामा ८२ जनामा कोरोना पुष्टि, १४७ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १६ हजार ८०१ पुगेको छ।

विगत २४ घण्टामा देशका विभिन्न २५ वटा प्रयोगशालामा ३ हजार ९१६ जनाको पीसीआर नमुना परीक्षण गरिएको थियाे।

हिजाे ७० जनामा काेराेना संक्रमण पुष्टि भएकाे थियाे।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरका विभिन्न क्वारेन्टिनमा २३ हजार ७८४ जना बसिरहेका छन्

कोरोना संक्रमण पुष्टि भएर देशभरका आइसोलेसनमा रहेका संक्रमितको संख्या ८ हजार १७४ छ।

पछिल्लो २४ घण्टामा विभिन्न ठाउँबाट १४७ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। त्यस्तै हालसम्म डिस्चार्ज हुनेको संख्या ८ हजार ५८९ छ। यो जम्मा सांक्रमितको ५१.१ प्रतिशत हो।

स्वास्थ्य तजा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ३८ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।

प्रकाशित: Jul 12, 2020| 16:23 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।