बलिउड अभिनेता अमिताभ बच्चनको परिवारका चार जनालाई कोरोना भाइरसको संक्रमण भएको छ।
हिजो अमिताभ र छोरा अभिषेक बच्चनमा कोरोना संक्रमण पुष्टि भएकोमा आज अभिनेतृ ऐश्वर्या राय बच्चन र छोरी आराध्यामा पनि संक्रमण पुष्टि भएको हो । कसैमा कोरोनाको लक्षण भने देखिएको छैन।
हिजो संक्रमण पुष्टि भएका अमिताभ मुम्बईस्थित नानावती अस्पताल भर्ना भएका छन्।
अस्पतालबाट भिडियो सन्देश जारी गर्दै उनले आफू स्वस्थ रहेको जानकारी दिनुका साथै आफ्नो तथा कोरोनाका अन्य बिरामीको हेरचाहमा खटिने नर्स, डाक्टर तथा अन्य स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन्।
