मंगलबार, भदौ ९, २०८३

२७ महिनापछि कर्णालीका मिनी-संसदले पाए नेतृत्व

कर्णाली प्रदेशसभाका संसदीय समितिले २७ महिनापछि नेतृत्व पाएको छ।
 |  आइतबार, असार २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २८, २०७७

सुर्खेत- कर्णाली प्रदेशसभाका संसदीय समितिले २७ महिनापछि नेतृत्व पाएको छ।

प्रदेशसभाको सार्वजनिक लेखा समितिको अध्यक्षमा नेपाली कांग्रेसका सांसद दीनबन्धु श्रेष्ठ, अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गणेशप्रसाद सिंह, विधायन तथा प्रदेश मामिला समितिको अध्यक्षमा नेकपाकै दानसिंह परियार र सामाजिक विकास समितिको अध्यक्षमा पनि नेकपाकै देवी ओली निर्विरोध निर्वाचित भएका छन्।

सार्वजनिक लेखा समितिमा अध्यक्ष दीनबन्धु श्रेष्ठले यसअघि ज्येष्ठताको आधारमा समितिको नेतृत्व गर्दै आएका थिए। नेपाली कांग्रेसले श्रेष्ठलाई नै नेतृत्वमा दोहोर्याएको हो।

त्यस्तै, सत्तारुढ दल नेकपाले तीन वटै समितिको नेतृत्व परिवर्तन गरेको छ। संसदबाट प्राप्त सेवा सुविधालाई सबै सांसदलाई पुर्याउने उद्देश्यका साथ समितिको नेतृत्व परिवर्तन गरिएको हो। नेकपाका सचेतक सीताकुमारी नेपालीका अनुसार ज्येष्ठ सदस्यले साढे दुई वर्षको कार्यकाल पुरा गरिसकेका कारण बाँकी साढे दुई वर्ष अन्य सदस्यलाई अवसर दिइएको हो।

“पहिलेका सांसदहरुले साढे दुई वर्ष नेतृत्व गर्नुभयो, अब नयाँलाई अवसर दिऔं भनेर नेतृत्व परिर्वतन भएको हो,” उनले भनिन्, “संसदीय दलको निर्णय अनुसार नै भूगोल र समावेशीताका आधारमा नयाँलाई नेतृत्वलाई पठाएका हौं।” 

नेतृत्व परिवर्तन हुँदा मन्त्री पद नपाएका जिल्लाहरु जाजरकोट र मुगु पनि समावेश भएका छन्। अर्थ तथा प्राकृतिक स्रोत समितिको अध्यक्षमा नेकपाका गणेशप्रसाद सिंह जाजरकोटबाट निर्वाचित हुन् भने विधायन तथा प्रदेश मामिला समितिको अध्यक्षमा दानसिंह परियार मुगुबाट निर्वाचित सांसद हुन्। यसअघि मुगु र जाजरकोटका सांसदले प्रदेशको कुनै पनि लाभदायी पद नपाएको भन्दै सम्बन्धित जिल्लावासीले गुनासो गर्दै आएका थिए।

त्यस्तै, सामाजिक विकास समितिको अध्यक्षमा देवी ओली महिला आधारमा नेतृत्व दिइएको हो। नेकपा संसदीय दलको सहमतिका आधारमा समितिको नेतृत्व टुंग्याउने अन्तिम अधिकार दलका नेताहरुलाई दिइएको थियो।

तर, नेकपाको पार्टी एकीकरणका कारण समितिले लामो समयसम्म नेतृत्व पाउन सकेको थिएन। पार्टी एकीकरणछि नेकपाले समितिको नेतृत्व टुंगो लगाउन नसकेपछि ज्येष्ठ सदस्यले समितिको नेतृत्व गर्दै आएका थिए। यसअघि ज्येष्ठ सदस्यताका आधारमा अर्थ तथा प्राकृतिक समितिमा अमरबहादुर थापा, विधायन तथा प्रदेश मामिला समितिमा पदमबहादुर रोकाया, सामाजिक विकास समितिमा राजु नेपाली र सार्वजनिक लेखा समितिमा दीनबन्धु श्रेष्ठले नेतृत्व गर्दै आएका थिए ।

प्रदेशसभा सचिवालयले अध्यक्ष पदका शनिबार साँझ ५ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकेको थियो।

निर्धारित समयभित्र एक/एक जनाको मात्रै मनोनयन दर्ता भएपछि अध्यक्षहरु स्वतः निर्वाचित भएका थिए।

निर्वाचित नेतृत्वले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले अध्यक्षलाई सपथ ग्रहण गराएका हुन्। समिति गठन भएको साढे दुई वर्ष अर्थात २७ महिनापछि समितिका अध्यक्षहरु निर्विरोध निर्वाचित भएका हुन्। प्रदेश सभाको २०७४ चैत २६ गतेको १० औं बैठकले समिति गठन गरेको थियो।

प्रकाशित: Jul 12, 2020| 16:03 आइतबार, असार २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।