सुर्खेत- सरकारले राहतका कार्यक्रमहरु घोषणा गर्नुपर्ने र बैंकहरुले लकडाउन अवधिको ब्याज मिनाहा गर्नुपर्ने लगायतका माग राख्दै सुर्खेतका उद्योग व्यवयासीहरु आन्दोलित बनेका छन्।
उद्योग वाणिज्य संघको अगुवाइमा आन्दोलनका लागि संघर्ष समितिसमेत गठन गरिएको छ। संघले उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गरेको छ।
आन्दोलनका कार्यक्रम अन्तरगत आज र्यालीसहित राष्ट्र बैंकको कार्यालयमा पुगेर विभिन्न २७ बुँदे मागपत्र बुझाएका छन्।
मागहरु तत्काल सम्बोधन नभएमा तत्काल दोस्रो चरणका कार्यक्रम घोषणा गरिने संयोजक बस्नेतले जानकारी दिए।
संघका महासचिव एवम् अटोमोबाइल व्यवसायी लक्ष्मण कंडेलले लकडाउन खुल्लो भएकै दिनदेखि बैंकहरुले ऋणको किस्ता ताकेता गरेर आन्दोलन गर्न बाध्य पारेको बताए।
संघका बरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले पाँच/छ महिनापछि मात्रै व्यवसायीले बैंकको किस्ता तिर्न सक्ने बताए।
